काठमाडौँ – अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन् । ३१ वर्षीय श्वेताले सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन् ।


ADVERTISEMENT


कोरोनाको सन्त्रासका कारण श्वेताको विवाह समारोहमा परिवारका सदस्य र सीमित व्यक्तिहरुको मात्रै उपस्थिति रहेको थियो । तत्कालीन श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि एक्लो भएकी श्वेताले ६ वर्षपछि दोस्रो विवाह गरेकी हुन् ।


ADVERTISEMENT

# # #


यो पनि पढ्नुहोस्

‘पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्वीकार गर्ला र ?’

श्रीकृष्णको निधनपछि एक्लोपन र कठिन मनस्थितिबाट गुज्रिनु परेको बताउँदै श्वेताले विगतको पीडालाई भुल्दै नयाँ जीवन सुरु गर्नका लागि आफूले योग्य पात्र पाएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई सहर्ष स्वीकार गरी मसंगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु ।’

सफल चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी श्वेताले आधा दर्जन नेपाली फिल्ममा अभिनय गरेकी छन् । उनको पछिल्लो फिल्म ‘कान्छी’ सन् २०१८ मा रिलिज भएको थियो ।

 

तस्बिर : श्वेताको फेसबुकबाट