काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।


ADVERTISEMENT


उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुनेछ । बैठकमा संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने विषयमा पनि छलफल हुने अनुमान गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका पार्टीहरुले संसदको अधिवेशन तत्काल सुरु गर्न माग गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद शिखरमा पुगिरहेका बेला अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बोलाएको उक्त बैठकलाई महत्वका साथ हेरिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले भारतले नेपाली भूमि कालापानीमा चीन जोड्ने सडक उद्घाटन गरेपछि उक्त विषयमा छलफलका लागि गत वैशाख ३१ गते सर्वदलीय बैठक बोलाएका थिए ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक…

Posted by Prime Minister’s Press Advisor on Sunday, December 6, 2020