काठमाडौँ – निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।


ADVERTISEMENT


आफ्नो कार्यकाल पूरा भएपछि १९ औँ अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षलाई सुम्पने विधान अनुसार भवानी राणाले गोल्छालाई पदभार हस्तान्तरण गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले निजी क्षेत्र र सरकार एकजुट भएर समुन्नत मुलुक निर्माणका लागि काम गर्ने बताए ।