काठमाडौं– कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनइन आज काठमाडों आउँदै छन् । उनीसँग कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल पनि हुनेछ ।

भ्रमण एक दिनको रहनेछ र यसक्रममा कतारी प्रतिनिधि मण्डलले नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्नेछ । प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको पनि भ्रमण गर्नेछन् ।


ADVERTISEMENT

# # #


कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ । यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल नेपाल आउन लागेको हो ।

भ्रमण टोली बिहीबार स्वदेश फर्कनेछ ।

प्रतिकृया

प्रतिकृया