काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका हिराचन सोमवार भएको मतदानमा डीबी बस्नेतलाई पछि पार्दै कोषाध्यक्षमा नियुक्त भएका हुन् ।


ADVERTISEMENT


आइतवार शपथ ग्रहणपछि भएको महासंघको नवनियुक्त कार्यसमितिको बैठकमा कोषाध्यक्षका लागि सहमति हुन नसकेपछि सोमवार निर्वाचन गरिएको थियो । कुल ७१ भोट खसेकोमा हिराचनले ४० ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी बस्नेतको पक्षमा ३१ भोट खसेको थियो ।


ADVERTISEMENT

# # #