काठमाडौं – इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देको थुम्कीडाँडामा पिकअप पल्टिँदा दुईजनाको मृत्यु भएको छ।


ADVERTISEMENT


प्रहरीका अनुसार माई नगरपालिका ९ बोरूङका दिनेश लिम्बू र इलाम नगरपालिका वडा नम्बर ११ सोयाकका नवीन बुलुनको मृत्यु भएको हो। उनीहरू सवार को। २ च १५ नम्बरको पिकअप तरकारी बोकेर लुम्देबाट गएराति माई नगरपालिकातर्फ फर्किँदै थियो।


ADVERTISEMENT

# # #


दुर्घटनामा माई नगरपालिका १ का विकास तामाङ गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि इलाम अस्पताल ल्याइएको छ।

अनियन्त्रित भएर सवारी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। रासस