काठमाडौँ – एनआईसी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो ।


ADVERTISEMENT


दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ता ग्राहकहरुको लागि यो योजना ल्याएको बैँकले जनाएको छ । यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ ।


ADVERTISEMENT

# # #


यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम रु १० हजार रहेको छ । ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकहरुले दोब्बर रकम नै प्राप्त गर्ने बैँकले जनाएको छ । उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहकहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ ।

यस योजना दिर्घकालिन रुपमा लगानी गर्न इच्छुक ग्राहकहरुको लागि स्वर्णीम अवसर बन्ने र ग्राहकको अहिलेको आवश्यता अनुसारको रहेको यस मुद्धति निक्षेप योजनालाई ग्राहकवर्गहरुले रुचाउने विश्वास बैंकले लिएको छ । यस योजना अन्तगर्तत दीर्घकालिन लगानी गर्न इच्छुक ग्राहकहरूले आफुलाई सहज हुने एन आई सी एशिया बैंकको कुनै पनि शाखा कार्यलयमा गई उक्त मुद्धति निक्षेप खाता खोलि ‘डबल डिपोजिट’ को फाईदा लिन सकिनेछ ।

बैंकले मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।