काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ८ सय ५८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससँगै हालसम्म निको हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितको ८६.३३ प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा २ हजार १ सय ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १६ लाख ३३ हजार ५ सय ५९ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा ७ सय ६७ जना रहेका छन् भने २८ हजार १ सय ६ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार २ सय ७६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितले ज्यान गुमाएका छन् ।