काठमाडौं – २३ वर्षीया महिलालाई बेचबिखन गरेको अभियोगमा ललितपुर लामाटारका ५५ वर्षीय गौतम लामालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


ती महिलालाई विदेशमा आकर्षक रोजगारी दिलाई दिने बहानामा १० वर्षसम्म यौन शोषण गरी विभिन्न प्रलोभनमा पारी भारतको दिल्ली हुँदै लेबनानसम्म पुर्यादई बेचबिखन गरी फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनी उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।