काठमाडौं । कोरोना पोजेटिभ देखिएपछि उद्योग राज्यमन्त्री मोती दुगड आईसोलेसनमा छन् । मन्त्रालयका काममा व्यस्त रहेकै बेला संक्रमणको संकेत पाएका मन्त्री दुगड यतिबेला काम र जनताको सेवालाई ‘मिस’ गरिरहेको बताउँछन् ।


ADVERTISEMENT


“जनताको सेवा गर्दागर्दै कतिबेला कोरोनाले भेटेछ, पत्तै भएन” मन्त्री दुगड भन्छन् “संक्रमणमुक्त भएर चाँडै मन्त्रालयको काममा फर्कने रहर छ ।”


ADVERTISEMENT

# # #


व्यवशायिक पृष्ठभूमिका मन्त्री दुगड उद्योग मन्त्रालय आएदेखि नै यस क्षेत्रको आमुल परिवर्तनको लागि अनवरत लागिरहने गरेको मन्त्रालय श्रोत बताउँछ । नियमित काममा लागिरहने मन्त्रीको स्वभावले मन्त्रालयमा नयाँ उर्जा नै सञ्चार भईरहेको अवस्थामा केही दिनका लागि भने सुनसान महसुस भईरहेको कर्मचारीहरु बताउँछन् ।

होम आईसोलेसनमा बसिरहँदा मन्त्री दुगडलाई समेत मन्त्रालयमा ‘कति धेरै कामहरु बितेर गयो होला’ भन्ने हुटहुटीले सताईरहन्छ । संक्रमणको उच्च अवस्थामा सचेत रहेर काम गर्दागर्दै पनि केही दिनका लागि एकान्तबासमा बस्नुपर्दा कामको छटपटी भने भईरहेको मन्त्री दुगडले हिमालय पोष्टलाई बताए ।

कतिपय अवस्थामा छलफल तथा कामहरुलाई फोन र डिजिटल माध्यमबाट सम्भव भएसम्म अघि बढाईरहेको उनी बताउँछन् ।

संक्रमणको अनुभव झेलिरहँदा मन्त्री दुगडलाई रोगको भने डर नै छैन रे !

“जीवन नै देश सेवामा होमेका हामीहरुका लागि संक्रमण भन्दा पनि जनताको शक्तिले जित्ने आत्मबिश्वास हुने रहेछ” उनी भन्छन् “जनताकै आशिर्वादले देशको सेवा गर्न यो कोरोनालाई चाँडै जितेर फर्कन्छु ।”

स्वास्थ्यका सबै मापदण्डहरु पालना गर्दैै मन्त्री दुगडले शारीरिक र मानसिक रुपमा बलियो आत्मबलका साथ रोगलाई परास्त गर्न सकिने बताउँछन् । सचेत हुँदै सबैले स्वास्थ्य र सुरक्षाका बिषयहरुपालना गर्दै रोग लाग्न नदिने र लागिहालेमा पनि निको हुने आत्मबिश्वास बढाएर अघि बढ्न उनको सुझाव छ ।

संक्रमणको बेलामा सुभेच्छा दिनेहरु सबैमा उनले धन्यबाद समेत ब्यक्त गरेका छन् । मन्त्री दुगडको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

“मलाई सान्तवना दिनेहरु सबै प्रति आभारी छु” उनले भने “म लगायत नेपालीहरुमा लागिरहेको संक्रमणलाई जितेर देशलाई फेरी पनि विकास र समृद्धिको गन्तब्यमा डोहोर्याउन हाम्रो सहकार्य जारी नै रहन्छ, सबै ढुक्क होऔं ।”