काठमाडौँ –बागमती प्रदेश प्रहरी ट्रेनिङ सेन्टरको आयोजनामा कोरोनासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रका प्राविधिक प्रहरी निरीक्षक डा. कैलाश कुमार बलको सहजीकरणमा स्थानीय बासिन्दाहरुलाई कोरोना संक्रमणको वर्तमान अवस्था र सतर्कता सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT


उक्त कार्यक्रममा प्राविधिक निरिक्षक डा. बलले कोरोना संक्रमणको बारेमा वर्तमान अवस्था समेतको जानकारी गराउँदै संक्रमण फैलने कारण, रोकथामका उपाय तथा संक्रमित भएको अवस्थामा अपनाउनु पर्ने सावधानीका बारेमा बताउनुका साथै सहभागीहरुको जिज्ञासाको जवाफ समेत दिएका थिए ।


ADVERTISEMENT

# # #


केन्द्रका प्रमुख समादेशक एवं एसएसपी सन्दिप भण्डारीले कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि सबै एकजुट भई सबै पक्षबाट सवधानीका उपायहरु अपनाई परस्पर समन्वायत्मक भूमिका निर्बाह गर्नुपर्ने बताए । आफ्नै स्थानमा पाइने जडिबुटी यसबाट बच्नका लागि प्रयोग गर्नु लाभदायी हुने उनको भनाइ थियो ।

साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने, मास्क तथा सेनिट्याईजरको सही रुपमा प्रभाबकारी ढङ्गबाट प्रयोग गर्ने बानी बसाल्न समेत अनुरोध उनले गरेका थिए ।

सहभागीहरुले अन्तरक्रिया गर्दै यस कार्यक्रमबाट लाभदायी भएको बताएका छन् । कार्यक्रममा सहभागी स्थानीयहरुलाई मास्क वितरण पनि गरिएको थियो ।