नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डट कमले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ www.merobrand.com ले आफ्नो उपस्थिती जनाएको कम्पनीको दावी छ ।


ADVERTISEMENT


निकै लामो गृहकार्य पश्चात मेरोब्राण्ड डट कम बजारमा उपस्थिती जनाएको कम्पनीको सिईओ राजकुमार विष्टले बताए । बजारमा उपभोक्ताहरुले आफुले खोजेको ब्राण्ड न्युनतम मुल्यमा उपलब्ध गराउने कम्पनीको योजना छ । काठमाण्डौ उपत्यका भित्र १ दिनमै डेलिभरी गराउने कम्पनीके दाबी छ । अनलाईन सपिगं गर्दा उपभोक्ताले सोचेकै गुणस्तरिय सामाग्री उपलब्ध गराउने र त्यसबाट अनलाईन सपिङ प्रति आम उपभोक्ताको विश्वसनियता बढाउन रोल मोडल बन्ने कम्पनीको लक्ष्य रहेको सिईओ विष्टले बताए ।


ADVERTISEMENT

# # #


आम उपभोक्ताले www.merobrand.com  मा लग इन गरी आफुले चाहेको बस्तु खरिद गर्न सकिने छ । उपभोक्ताले बस्तु खरिद गर्दा क्यास अनडेलीभरी अनलाईन ट्रान्सफर वा भिसा कार्डबाट पनि रकम तिर्न सकिने सहज ब्यबस्था गरेको छ । मेरो ब्राण्ड तपाईको आफ्नै ब्राण्ड भन्ने नाराका साथ सुरु गरेको मेरोब्राण्ड अनलाईन सपिग उपभोक्तालाई अपनत्व कायम गराउने दाबी छ । यस अनलाइन प्ल्याटफर्म मा विभिन्न ब्राण्ड तथा भेराइटिका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीको सिइओ बिष्टले जानकारी दिए।

दशैको घटस्थापना को विशेष अवसरमा सुरु गरिएको मेरोब्राण्ड डट कम मार्फत खरिद गर्दा सामग्रीहरुमा दोहोरो छुट तथा अफरको सुविधाहरु पनि उपलब्ध गराएको छ । अर्डर पश्चात सर्वसुलभ भुक्तानी तथा छिटो भन्दा छिटोहोम डेलीभरी को सुविधा समेत उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । मगाएको सामान आफुले भने बमोजिम नभएमा ७ दिन भित्र फिर्ता गर्न सकिने रिटर्न पोलिसि समेत उपलब्ध गराइएको छ ।