काठमाडौं – नेपाल नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनको स्थापनाका २६ औँ वार्षिकउत्सव सम्पन्न भएको छ । एशोसिएसनका अध्यक्ष सीताराम दाहालको सभापतित्व र नेपाल बार एशोसिएसनका महासचिव अधिवक्ता लीलामणि पौडेलको प्रमुख आतिथ्यमा काठमाडौँ डिल्लीबजारस्थित केन्द्रीय कार्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डसहित दीपप्रज्वलन तथा शुभकामना आदानप्रदान गर्दै वार्षिकोत्सव सम्पन्न भएको हो ।


ADVERTISEMENT


कार्यक्रममा एसोसिएनका निवर्तमान अध्यक्ष तेजप्रसाद ढकाल, पूर्वअध्यक्ष अर्जनप्रसाद घिमिरे, तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख तुनाबहादुर श्रेष्ठको विशेष आथित्यता रहेको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा एशोसिएसनले गरिरहेका कामको प्रशंसा गर्दै प्रमुख अथिथि पौडेलले पेशागत हकहित, अधिकारका लागि पेशगात मर्यादा अपरिहार्य रहेको बताए ।

कार्यक्रममा बोल्दै मालपोत कार्यालय डिल्लीबजारका प्रमुख तुनाबहादुर श्रेष्ठले कार्यालयका कामकाजमा लेखापढी व्यवसायीकोे महत्वपूर्ण योगदान रहेको र यसले सेवाग्राहीलाई सेवा लिन सहज भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष दाहालले पेशागत क्षेत्रमा देखिएका समस्या समाधान गर्न जुन प्रयास हुनु पर्ने हो त्यो नभएको भन्दै पेशागत क्षेत्रमा देखिएका समस्याहरु लेखापढी व्यवसायीहरुका कारण मात्रै भएका हुन् भन्ने सरकारमा भ्रम रहेकाले यसलाई चिर्नुपर्ने भनाइ राखे ।