सर्लाही – गच असोज २२ गते भएको महेन्द्र रामको हत्याको जाहेरी गराउन गएका पीडितलाई नै प्रहरीले लाठीचार्ज गरेको छ । सर्लाहीमा जाहेरी दर्ता गराउन गएकाहरूलाई प्रहरीले लाठीचार्ज गरेको नेपाली काँग्रेसले बताएको छ।


ADVERTISEMENT


प्रहरीले जाहेरी नलिएपछि बुधवार काँग्रेसले शान्तिपूर्ण प्रदर्शन गरेकोमा त्यहाँ पनि प्रहरीले लाठीचार्ज, अश्रुग्याँस प्रहार गरी दमन गरेको आरोप काँग्रेसले लगाएको छ ।


ADVERTISEMENT

# # #


सर्लाही रामनगरका महेन्द्र रामको गत असोज २२ मा हत्या भए पनि अहिलेसम्म प्रहरी प्रशासनले शव वीरगञ्जको नारायणी अस्पतालमा राखेको र जाहेरीसमेत दर्ता नगरेको मृतकका आफन्तले बताएका छन् ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण विरोध प्रदर्शनमा सुरक्षाकर्मीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीहरुलाई गम्भीर घाइते बनाएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाई एवं अन्य ३ महिला समेत घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ।