झापा – महँगी चुलिएको वेला झापामा डेढ करोडको लागतमा सस्तो बजार खुलेको छ । कोभिड १९ को कारण देखाउँदै बजारमा महंगी चुलिएका बेला दक्षिणी झापाको राजगढमा जिल्लाकै सस्तो बजार दाबी गरिएको ‘शपिङ मल’ सञ्चालनमा ल्याएका छन् ।


ADVERTISEMENT


लामो समयसम्म बैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएका बाह्रदशी २ का चान महमदले राजगढ बजारमा एभरेष्ट सस्तो बजारका नामबाट शपिङ मल सञ्चालनमा ल्याएका हुन् ।


ADVERTISEMENT

# # #


सबै प्रकारका उच्च स्तरीय सामग्री एउटै छानामुनी सुपथ मूल्यमा पाइने र सस्तो वजारमा खरिद गरेको सामग्री अन्य ठाउँमा खरिद गरेको भन्दा कम मूल्यमा प्रदान गरिने सञ्चालक महमदको दावी छ ।

विदेशी अनुभव संगालेर फर्किएकाले स्वादेशमा राम्रो सामग्री सुपथ मूल्यमा प्रदान गर्न सकिने अध्ययन गरेर मल सञ्चालनमा ल्याएको महमदको भनाई छ ।

जिल्लाकै सस्तो बजारका रुपमा आफ्नै ठाउँमा सपिङ मल सञ्चालनमा आएपछि स्थानीवासी समेत हर्षित बनेका छन् । वजार सञ्चालनमा आएपनि राजगढ लगायत दक्षिण क्षेत्रका सर्वसाधारण किनमेलका लागि बिर्तामोड लगायतका अन्य वजार जानु नपर्ने पशुपति माध्यमिक विद्यालयका शिक्षक मोहनप्रसाद ओलीले बताए ।

जिल्लाकै पुरानो बजारका रुपमा चिनिएको राजगढमा यस खाले मल यस अघि सञ्चालनमा नरहेकाले सबैलाई यसले फाइदा पुग्ने बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य एजाज अहमद अन्सारीले बताए ।

विदेशमा आर्जन गरेको ज्ञानलाई स्वदेशमा लगानी गर्दै सेवा मुलक ढंगले अघि बढ्दा लगानीकर्ता मात्र होइन यसले राजगढबासी मात्र होइन दक्षिण क्षेत्रका सबैलाई फाइदा पुग्ने स्थानीय जगदीश घिमिरेले बताएका छन् । यस अघि महमदले नै साढे चार करोड रुपैयाँ लगानी गर्दै स्मार्ट सिटीका रुपमा चर्चित राजगढमा एभरेष्ट सिनेमा हल समेत सञ्चालनमा ल्याएका थिए ।

जिल्लाकै पुरानो वजारका रुपमा परिचित राजगढलाई स्मार्ट सिटीको रुपमा विकास गर्न गाउँपालिकाले समेत विशेष गुरु योजना बनाएर अघि बढेको छ ।