काठमाडौँ – कन्ट्र्याक ट्रेसिङ, उपचार र कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई राहत वितरण गर्नुपर्नेमा जिम्मेवार नभएको भन्दै नेपाली काँग्रेसले वडालाई जिम्मेवार बन्न सुझाव दिएको छ । काठमाडौँ महानगर वडा नम्बर ९ ईकाई समितिले वडालाई सुझाव दिँदै कोरोना जाँच, उपचार र निश्पक्ष राहत वितरणमा जोड दिन सुझाव दिएको छ ।


ADVERTISEMENT


केही समय अघि वडाले वितरण गरेको राहतमा पार्टीपंक्तिलाई मात्र राहत वितरण गरेको आरोप वडालाई लागेको थियो । राहत वितरण लगायतका विषयमा पक्षपातपूर्ण व्यवहार भएको वडाबासीको गुनासो भएकोले वडा कार्यालय कुनै दल विशेषको जस्तो नभई सबै नागरिकहरुको साझा थलो भएकोले विभेदपूर्ण व्यवहार नगर्न काँग्रेसले अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


संक्रमित परिवार र संक्रमितको सम्पर्कमा आएकाको कन्टयाक्ट ट्रेसिङ्ग गर्नुपर्ने, संव्रmमण भएमा घरका छिमेकीहरुलाई प्रभाव नपरोस् भनी नजिकका घरहरु सानिटाइज गर्नुपर्ने, संव्रmमित परिवारलाई सुरक्षा साधनहरु उपलब्ध गराउनुपर्ने र संव्रmमण कम गर्न सचेतना अपनाउनु पर्ने सुझावलाई दिएको गत स्थानीय निकायको निर्वाचनमा काँग्रेसका तर्फबाट वडाअध्यक्षको उम्मेदवार रहेका सुनिल गौतमले बताए । उनले भने, ‘उपचारमा ५० प्रतिशत छूट र कोरोनाका कारण मृत्यु भएमा २५ हजार आर्थिक सहयोग दिनुपर्ने विषयमा वडाको ध्यानाकर्षण गराएका छौँ ।’

कोरोना नियन्त्रणका लागि पीसीआर जाँच, कन्ट्र्याक्ट ट्रेसिङ, उपचार आदिका विषयमा वडाको जिम्मेवारी भूमिका बढी हुने भएकाले क्वारेन्टिन, आइसोलेशनको व्यवस्था गर्नुपर्ने लगायतका मागसहित नागरिकको मद्दत गर्ने कार्यका लागि संवेदनशील हुन सुझाव दिइएको गौतमले बताए ।

 

No description available.