काठमाडौँ – महालक्ष्मी विकास बैंकले कोरोना भाइरस (कोभिड–१९)का कारणले उत्पन्न असहज परिस्थितिमा आफ्ना ऋणीहरुलाई ब्याजदरमा भारी छुट दिने भएको छ ।


ADVERTISEMENT


विकास बैँकले बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्याउने उद्देश्यले ऋणीहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता-ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको छ ।

महालक्ष्मी विकास बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटीएमहरुमार्फत ५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।