काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः लकडाउन गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।


ADVERTISEMENT


मन्त्रालयले अशोज ७ गते मात्र सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि सरकारी स्वास्थ्य संस्था तथा जनशक्तिले धान्न नसक्ने भन्दै फेरि लकडाउन गर्ने बताएको थियो । बुधवार सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि फेरि लकडाउनका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बुधवार हालसम्मकै उच्च ३ हजार ४३९ जनामा कोरोन संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेपछि सामान्य सेवा पनि प्रभावित हुने भएकाले संक्रमण रोक्न पुनः लकडाउन गर्नुपर्ने सुझाव दिइएको बताए।

मन्त्रालयले लकडाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिसकेकाले मन्त्रिपरिषद्ले नै लकडाउन गर्ने वा नगर्ने निर्णय गर्ने जानकारी उनले दिए ।