काठमाडौँ – तराईँका क्षेत्रमा धान पाकेर काट्न शुरु भइसकेको छ । कतिपय किसानले धान काटेर दाउने प्रक्रिया पनि अघि बढाइसकेका छन् । दसैँ अगाडिसम्म धान काटेर किसानहरुले थन्काइसक्ने गरेका छन् । तर सरकारले ल्याउने भनेको मल धान काटेर थन्काएको ३ महीनापछि मात्र आइपुग्ने भएको छ ।


ADVERTISEMENT


सरकारले बंगलादेशसँग सापटीमा लिन लागेको ५० हजार मेट्रिकटन युरिया मल नेपाल ल्याउन कम्तीमा पनि अझैँ २ महीना लाग्ने भएको हो ।
कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याउन लागेकोमा मलको ठेक्का बंगलादेशी कम्पनी जेन्ट्रेड एफजेडएफले पाएको थियो । यद्यपि, सरकारले हालसम्म पनि कम्पनीसँग मल खरीदका लागि सम्झौता गरिसकेको छैन । आइतवारसम्म कम्पनीसँग सम्झौता गर्ने कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार अबको करीब ८० दिनभित्र मल नेपाल आइपुग्ने बताए ।