काठमाडौँ – विद्यार्थीहरुबाट शुल्क उठाउनकै लागि पनि निजी विद्यालयहरुले धमाधम परीक्षा लिन थालेका छन् । अनलाइन कक्षा शुरु गरेका विद्यालयसहित कक्षा सञ्चालन नगरेकाहरुले पनि परीक्षाको तयारी गरिरहेका छन् ।


ADVERTISEMENT


विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेपनि आधाभन्दा बढी विद्यार्थी अनलाइन कक्षाको पहुँचबाट बाहिर छन् । विद्यार्थीको उपस्थितिलाई ख्याल नै नगरी काठमाडौँ लगायत अन्य जिल्लाका निजी विद्यालयहरुले परीक्षा अघि सारेका छन् ।


ADVERTISEMENT

# # #


शिक्षा विकास तथा समन्वय इकाई काठमाडौँका प्रमुख नन्दलाल पौडेल अभिभावकबाट शुल्क उठाउनका लागि पनि अधिकांश निजी विद्यालयले परीक्षा अघि सारेको बताउँछन् । सरकारले ‘विद्यालय आकस्मिक कार्ययोजना २०७७’ ल्याएपछि विद्यालयहरुलाई अनलाइनबाट परीक्षा परीक्षा लिने बाटो खुलेको थियो ।

यसैको फाइदा उठाउँदै शुल्क उठाउनकै लागि परीक्षा सञ्चालन गरिन शैक्षिक विकृति भएको पौडेलले बताए। ‘अधिकांश विद्यार्थी अनलाइन कक्षाको पहुँचमा छैनन्, यस्तो वेला विद्यार्थीको मुल्यांकन सम्भव नहुने कुरा हो,’ उनले भने । यसले समाजमा वर्गीय असमानता मात्रै बढाउने उनको भनाइ छ ।