काठमाडौँ – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको टिकट अनलाइनबाटै काट्न मिल्ने सफ्टवेयर बनाएको छ । दसैँ अघि नै सार्वजनिक गर्ने योजना बनाएको विभागले काउन्टरमै पुगेर टिकट काट्नुपर्ने बाध्यतालाई अन्त्य गर्न यस्तो सफ्टवेयर बनाएको हो ।


ADVERTISEMENT


सफ्टवेयर निर्माणको काम सकिएकाले आगामी केही दिनमै सफ्टवेयर सार्वजनिक गरिने विभागका प्रवक्ता लोकनाथ भुषालले जनाए । अनलाइन टिकटिङका लागि यातायात कम्पनीहरुले नै विभिन्न डिजिटल एपमा आबद्ध भएर अनलाइन टिकटको व्यवस्था गर्नुपर्नेछ । ती कम्पनीलाई सफ्टवेयरसँग जोडेर विभागले नियामकको रुपमा काम गर्नेछ । विभागले अनलाइन टिकटिङलाई व्यवस्थापन गर्न अनलाइन टिकट निर्देशिका पनि बनाएको उनले बताए ।


ADVERTISEMENT

# # #


हाल अधिकांश पर्यटक बसहरुले अनलाइन टिकट शुरु गरिसकेकोमा सबै सार्वजनिक यातायातमा अनिवार्य अनलाइन टिकट शुरु गरिने जानकारी भुषालले दिए ।