काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारसँग आग्रह गरेका छन् । डा. केसीको स्वास्थ्य जोखिमपूर्ण बन्दासम्म सरकारले वार्ताका लागि पहलसम्म नगरेकोमा यो सरकारको लापरवाहीपूर्ण अपराधिक मानसिकता भएको उनले बताएका छन् ।


ADVERTISEMENT


‘२३ दिनदेखि अनसनरत डा। केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ?’ सरकारको यो बेवास्ताप्रति भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘तुरुन्त वार्ता गर, समाधान खोज । डा. केसी बाँच्नुपर्छ ।’


ADVERTISEMENT

# # #


अहिलेको सरकारले मुर्खतापूर्ण काम गरिरहेको बताउँदै उनले लेखेका छन्, ‘मुर्खदेखि दैव डरा भन्छन्, कुर्सीमा बस्ने मुर्ख झन् डरलाग्दो हुन्छ, सबै चेतौँ ।

 

https://twitter.com/brb1954/status/1313289249274294273