काठमाडौँ – नेपाल बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । सोमवार बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट भिडियो कन्फ्रेन्स गरी बैंकको विशेष साधारण सभा सम्पन्न भएको हो।


ADVERTISEMENT


उक्त सभामा सञ्चालक समितिले सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरेको छ । नेपाल सरकारबाट मनोनित हुने ४ जना सञ्चालकबाट घटाई ३ र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बृद्धि गरी ३ कायम गर्न नियमावली संशोधन गर्ने निर्णय सभाले गरेको छ । यस्तै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव सभाबाट पारित भएको छ ।


ADVERTISEMENT

# # #


बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए ।