काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय ३३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै २ हजार ४ सय ४० जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १३ हजार ७ सय ८१ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म १० लाख ८८ हजार २ सय २९ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ४ हजार ३३ जना रहेका छन् भने २३ हजार ५ सय ७ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । १२ हजार ३ सय १६ जना होम आइशोलेसनमा रहेका छन् भने ११ हजार १ सय ९१ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या ६५ हजार २ सय २ जना निको भएको प्रवक्ता डा.गौतमले जनाएका छन् । यो कुल संक्रमितको ७३ प्रतिशत हो ।

कुल संक्रमित मध्ये ५५४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मत्यु भएको छ ।