बुटवल – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसदहरुले प्रदेश नं. ५ को प्रदेशसभामा नाराबाजी र कुसी तोडफोड गरेका छन् ।


ADVERTISEMENT


प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा उनीहरुले सोमबार बैठक अवरुद्ध गर्दै कुर्सी तोडफोड गरेका हुन् ।


ADVERTISEMENT

# # #


सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसद उठेर रोष्टम घेर्न पुगेका थिए। तर, सभामुखको अनुमतिमा प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न रोष्ट्रममा जानलाग्दा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई कांग्रेस सांसदले उनलाई रोक्ने प्रयास गरेका थिए ।

तर, मन्त्री केसीले छलफलका लागि पेश गरेपछि विपक्षी सांसदहरूले संसदको कुर्सी उचालेर टेबुल तोडफोड गरेका हुन् ।

यसअघि आजै कांग्रेस सांसदको नाराबाजी पश्चात बैठक स्थगित भएको थियो ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ को संसदीय दलले सरकारले ल्याएको राजधानी र नामकरणसम्बन्धी प्रस्ताव पारित गराउन प्रदेशसभाका सदस्यलाई निर्देशन दिइसकेको छ ।