काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको कविता सार्वजनिक भएको छ । ‘आमालाई श्रद्धाञ्जली’ बोलको उक्त कविता आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


नेता खनालकी आमा मधुमाता खनाल क्यान्सरकी बिरामी थिइन् । उपचारका लागि अनेकन प्रयत्न गर्दा पनि उनको २०४५ साल असार ३० गते निधन भएको थियो । त्यसबेला कडा भूमिगत अवस्थामा रहेका खनाल आमाको अन्तिम श्रद्धाञ्जलीको लागि समेत उपस्थित हुन सकेका थिएनन् ।


ADVERTISEMENT

# # #


आमाको निधनको पीडामा उनले यो कविता रचेका थिए । त्यही कवितालाई अहिले भीडियोको रुपमा प्रस्तुत गरिएको हो ।

सार्वजनिक भिडियोमा नेता खनालकै स्वर रहेको छ भने दीपक गिरिको छायाङ्कन तथा राज केशीले निर्देशन तथा प्रकाश एसकेले भिडियो सम्पादन गरेका हुन् ।

यस्तो छ कविता :