भक्तपुर – सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित पुर्वेली खाजा घरमा तास खेलिरहेको अवस्थामा ५ जुवाडे पक्राउ परेका छन् ।
शनिवार दिउसो खाजा घरका सञ्चालक तेन्जो राईसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा दिपेन्द्र लिम्बु, हरि बहादुर सिंजाल मगर, शंखर रेग्मी र नितेश घिमिरे रहेका छन् । उक्त खाजा घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० हजार २ सय ९० रुपैयाँ र ५ बुक तास
सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #