वीरगंज – वीरगञ्ज महानगरपलिका १६ नगवा फुलवारी टोलस्थित एनसेल टावरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा टावरको ब्याट्री, पाटपूर्जाहरु जलेर नष्ट भएका छन् ।


ADVERTISEMENT


आगजनीबाट कम्तीमा ३० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।