भक्तपुर – मध्यपुर ठिमी नगरपालिका ७ सिद्धिकालीमा डिउटीमा खटिएको प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा भक्तपुर सिद्धिकाली बस्ने नुवाकोट विदुर नगरपालिका २ घर भएका ३३ वर्षीय जीवन मल्ल र भक्तपुर चाँगुनारायणण नगरपालिका १ सरस्वतीखेल बस्ने ३६ वर्षीय सुदन रोक्का रहेका छन् ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी वृत्त ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई उनीहरुले मादक पदार्थ सेवन गरी हातपात गरी अभद्र व्यवहार गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ