काठमार्डौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकारसहित सचिवालयमा अधिकांशलाई कोरोना संक्रमण देखिएपछि जोखिम बढेको छ । शुक्रवार गरिएको स्वाब संकलनमा परिक्षणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा‚ फोटो पत्रकार राजन काफ्ले‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी लगायतलाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।


ADVERTISEMENT


सचिवालयमा नै अधिकांशलाई कोरोना देखिएपछि जोखिम बढेपछि प्रधानमन्त्री ओलीले सबै औपचारिक र अनौपचारिक भेटघाट बन्द गरेका छन् । प्रधानमन्त्री निवास संक्रमणको उच्च जोखिममा भएपछि सबै भेटघाट बन्द गरिएको प्रधानमन्त्रीनिकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताए।


ADVERTISEMENT

# # #


यद्यपि, शनिवार नै प्रधानमन्त्री ओलीको पनि स्वाब परिक्षण गरिएकोमा शनिवार साँझ रिपोर्ट आएकोमा उनलाई कोरोना नभएको पुष्टि भइसकेको छ ।