काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रिय समितिमा ५ दर्जनभन्दा बढी केन्द्रिय कोरोना पोजेटिभ पुष्टि भएको छ । २५० बढी नेता, कर्मचारी, सवारी चालकहरुको कोरोना जाँच गरिएकोमा ५ केन्द्रिय सदस्यसहित सवारी चालक, कर्मचारी र सुरक्षाकर्मी गरी ६० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


जसमध्ये गगन थापा र अर्जुननरसिँह केसीले ट्विटमार्फत आफूलाई कोरोना भएको जानकारी गराएका छन् । यस्तै केन्द्रिय सदस्यहरु कल्पना चौधरी, जंगीलाल राय र शम्भु श्रेष्ठलाई पनि कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT

# # #


ठूलो संख्यामा कोरोना देखिएपछि आइतवार तय गरिएको काँग्रेसको पदाधिकारी वैठक पनि स्थगित गरिएको छ । ५ केन्द्रिय सदस्यसहित सुरक्षाकर्मी, कर्मचारी र सवारी चालक गरी ठूलो संख्यामा संक्रमित भएपछि पार्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरु पनि कन्ट्र्याक ट्रेसिङमा परेका छन् । पार्टीभित्र उत्पन्न विवाद सुल्झाउन भन्दै शुक्रबारदेखि सानेपा मुख्यालयमा शीर्ष नेताहरुसहित कांग्रेस पदाधिकारी बैठक चलिरहेको थियो।