काठमाडौं । नेपाल आयल निगमले पेट्रोल पम्प सञ्चालन गर्न जग्गा खोजेको छ । पेट्रोलियम पदार्थ आयात गरेर बिक्री गर्दै आएको निगमले आफ्नै लगानीमा पम्प सञ्चालन गर्न मुलुकका पाँच प्रमुख राजमार्गमा स्थानीय तहसँग जग्गा माग गरेको गरेको हो ।


ADVERTISEMENT


निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले हिमालय पोष्टलाई दिएको जानकारी अनुसार महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, कर्णाली राजमार्गमा पेट्रोल पम्प सञ्चालनका लागि जग्गा उपलब्ध गराईदिन स्थानीय तहहरुलाई पत्राचार गरिएको छ ।


ADVERTISEMENT

# # #


उनका अनुसार बिभिन्न ५८ स्थानहरुमा ३० वर्षका लागि जग्गा लिजमा लिएर पम्पहरु सञ्चालन गरिनेछ ।

निजी क्षेत्रको लगानीमा पम्प सञ्चालन गर्दै आएकोमा निगमले आफ्नै लगानीमा पम्प निर्माण गरेर सञ्चालन गर्न लागेको हो । स्थानीय तहले जग्गा उपलब्ध गराएसंगै पम्प निर्माणको प्रक्रिया बढाईने पौडेलले जानकारी दिए ।