काठमाडौँ – सरकारले पूर्व अथमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाहित अन्य ६ देशको राजदूतमा सिफारिस गरेको छ ।


ADVERTISEMENT


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूत र पानामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि मन्त्रीपदबाट हटेपछि सरकारले खतिवडालाई मन्त्रिको सुविधासहित विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको थियो ।