काठमाडौँ – सरकारले एउटै व्यक्तिलाई १२ वटा देशको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।


ADVERTISEMENT


सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार कपिलवस्तुका डा. निर्मल कुमार विश्वकर्मालाई १२ वटा देशका लागि राजदूतमा सिफारिस गरिएको हो ।


ADVERTISEMENT

# # #


विश्वककर्मा अब दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत एवम् बोत्सवाना, केन्या, लेसोथो, कंगो, तान्जानिया, जाम्बिया, जिम्बाब्बे, मोजाम्बिक, ग्याबुन, मौरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत बन्ने भएका हुन् ।

राजदूतहरुको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।