काठमाडौं । नेपाल बिद्युत प्राधिकरणको प्रबन्ध निर्देशकका रुपमा पुन नियुक्ति हुनुपर्ने भन्दै कुलमान घिसिङका पक्षमा जनलहर देखिएपनि सोमबार पनि सरकारले सो निर्णय गरेन ।


ADVERTISEMENT


घिसिङको पदाबधी सकिएसंगै रिक्त स्थानमा उनैलाई दोहोर्याउनुपर्ने आवाज उठिरहँदा आज बसेको मन्त्रीपरिषदको बैठकमा यो बिषय एजेन्डामा नै नपरेको हो ।


ADVERTISEMENT

# # #


उर्जा मन्त्रालय श्रोतका अनुसार घिसिङका पक्षमा नै निर्णय गर्ने गरी प्रस्ताब तयार भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले नै यस बिषयमा कानुनी अड्चन देखिएको भन्दै थप बुझ्न जरुरी रहेको भन्दै स्थगित गरेका छन् ।