काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ९ सय १७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् । यस्तै १ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १३ हजार ४१३ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ७ लाख ३१ हजार ८ सय ५२ पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ७ सय ४९ जना रहेका छन् भने १८ हजार ४ सय १३ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ७ हजार ७ सय ४२ जना होम आइशोलेसनमा रहेका छन् भने १० हजार ६ सय ७१ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म निको हुनेको संख्या २४ हजार २ सय ७ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५६ प्रतिशत हो ।

कुल संक्रमित मध्ये २५७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ ।