काठमाडौँ – प्रहरीले भाइ-बुहारीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ८ दाप्चा बजारका ४३ वर्षीय सुदर्शन अधिकारी रहेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार सुदर्शनले घरायसी झगडाका कारण भाई शंखर अधिकारीकी श्रीमती ३५ वर्षीय रञ्जना तिमल्सिना (अधिकारी)लाई भाडा माझिरहेको अवस्थामा बन्चरो प्रहार गरेका थिए । रञ्जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


घटनापछि जिल्ला प्रहरी काभ्रेका प्रहरी नायक उपरिक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा सुदर्शनलाई घरबाटै नियन्त्रणमा लिएको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले हिमालय पोष्टलाई बताए । उनका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक रञ्जनाको शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।