काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री पदमा डा. युवराज खतिवडा पुनः दोहोरिने संकेत गरेका छन् । प्राइम टाइम टेलिभिजनको ‘टक शो’ मा बोल्दै प्रधानमन्त्री ओलीले भने अर्थमन्त्री खतिवडाले राम्रो काम गरेकाले उनी दोहोरिन सक्ने संकेत गरे ।
उनले भने, ‘२र४ दिन हेर्दै जाऔं। अर्थमन्त्रीले राम्रो काम गर्नुभएको छ। राख्ने÷हटाउने अहिले नै फोरकास्ट नगरौं।’


ADVERTISEMENT


राष्ट्रिय सभा सदस्य पद २०७६ फागुन २० गतेबाट सकिने भएपछि अर्थमन्त्री पदबाट राजिनामा दिएका खतिवडाले ६ महीनाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनःनियुक्ति पाएका थिए । भदौ २२ गतेदेखि उनको थपिएको कार्यकाल सकिदै छ ।


ADVERTISEMENT

# # #