काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना पुरुष र ३ जना महिला रहेका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा पर्साका ३९ र ४८ वर्षीय दुई जना पुरुष, सिरहाका ८४ वर्षीय एक पुरुष, गोरखामा ३८ वर्षीय एक पुरुष, कास्कीमा ५८ वर्षीय एक पुरुष र काठमाडौँका ८३ वर्षीय एक पुरुष रहेका छन् । यस्तै ललितपुरका ७२ र ६१ वर्षीय दुई पुरुष र भक्तपुरका ८२ वर्षीय एक पुरुषको पनि ज्यान गएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पाल्पाकी ३० वर्षीय एक महिला, काठमाडौँकी ५१ वर्षीय एक महिला र भक्तपुरकी ६२ वर्षीय एक महिलाको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ । यो संख्या कुल संक्रमितको ०.५५ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८४ जनामा संक्रमण पुष्टि भएको छ भने ३१३ जना निको भएका छन् । यससँगै संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ भने निको हुनेको संख्या २० हजार ५५५ जना पुगेको प्रवक्ता डा. गौतमले जनाएका छन् ।