काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । जसमध्ये ८ जना पुरुष र ४ जना महिला रहेका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा उदयपुरका ५२ वर्षीय एक पुरुष, पर्साका ७२ वर्षीय १ जना, धनुषाका ४५ वर्षीय १ जना, सिरहाका ५५ वर्षीय १ जना र झापाका ८३ वर्षीय एक जना रहेका छन् । यस्तै चितवनका ५१ वर्षीय १ जना, कास्कीका ५२ वर्षीय १ जना र रुपन्देहीका ६० वर्षीय १ जनाको पनि ज्यान गएको छ ।


ADVERTISEMENT

# # #


यस्तै मोरङकी ५६ र ६५ वर्षीय २ महिला, भक्तपुरकी ६४ वर्षीय १ महिला र मकवानपुरकी ७१ वर्षीय एक महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९२७ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जना निको भएका छन् । यससँगै निको हुनेको संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ भने संख्या २० हजार २४२ जना पुगेको प्रवक्ता डा. गौतमले जनाएका छन् ।