काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । शनिबारका लागि बोलाइएको बैठक भदौ १८ गतेसम्मका लागि स्थगित भएको हो ।


ADVERTISEMENT


बैठकमा पार्टीको विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारी थियो । तर, नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बैठकलाई पाँच दिन पर धकेलिएको हो ।


ADVERTISEMENT

# # #


अध्यक्षद्वयले गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शनिबार सचिवालय बैठक बस्ने निर्णय गरेका थिए ।

पार्टीका आन्तरिक समस्या समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले गत शनिबार नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त कार्यदलले अ‍ोलीले पूरा कार्यकाल सरकारको नेतृत्व गर्ने, पार्टी सञ्चालन प्रचण्डले गर्ने, पार्टीको महाधिवेशन आगामी चैत्र महिनामा गर्ने लगायतका सुझाव दिएको थियो ।