काठमाडौँ – रौतहट हनुमान मन्दिरका पूजारी हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं)का नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीले प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई पक्राउ गरेको हो । पक्रउ पश्चात उनीहरुलाई दरबारमार्ग प्रहरी चौकीमा राखिएको छ ।


ADVERTISEMENT

# # #


पक्राउ परेकाको तत्काल रिहा गर्न राप्रपा नेता राजाराम बर्तौला माग गरेका छन् ।