काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंमा १९९ जना, ललितपुरमा १९ जना, भक्तपुरमा १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा नेपालमा ८५५ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा ३१३ जना निको भएका छन् भने हालसम्म १९ हजार ११९ जना उपचारपछि निको भएका छन्


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये १६४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।

आज कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ :
ओखलढुंगामा १ जना, सोलुखुम्बुमा २ जना, उदयपुरमा १ जना, खोटाङमा १ जना, झापामा ५ जना, मोरङमा ४३ जना, संखुवासभामा २ जना र सुनसरीमा १६ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा १७ जना, धनुषामा ४२ जना, पर्सामा ४ जना, रौतहटमा ४४ जना, महोत्तरीमा १७ जना, सप्तरीमा ३ जना, सर्लाहीमा ५८ जना र सिरहामा ३ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश :
काठमाडौंमा १९९ जना, ललितपुरमा १९ जना, भक्तपुरमा १४ जना, नुवाकोटमा १ जना, चितवनमा ३७ जना, काभ्रेमा ५ जना, दोलखामा ३ जना, धादिङमा ८ जना, मकवानपुरमा २ जना, रामेछापमा १ जना र सिन्धुपाल्चोकमा २ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश :
कास्कीमा १६ जना, गारेखामा २ जना, तनहुँमा ६ जना, लमजुङमा १ जना, पर्वतमा २ जना, बागलुङमा १ जना र नवलपरासी (पूर्व)मा ४ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५ :
अर्घाखाँचीमा १ जना, गुल्मीमा २ जना, दाङमा १८ जना, बाँकेमा १५ जना, कपिलवस्तुमा २३ जना, नवलपरासी (पश्चिम)मा ८ जना, पाल्पामा ४ जना, प्यूठानमा ४ जना, रोल्पामा ३ जना, बर्दियामा ६ जना र रुपन्देहीमा ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश :
कालीकोटमा ५ जना, जुम्लामा १, दैलेखमा ४ जना, मुगुमा १ जना, सल्यानमा ४ जना, र सुर्खेतमा ५ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश :
अछाममा १९ जना, कञ्चनपुरमा १२ जना, कैलालीमा १६ जना र डडेल्धुरामा २ जना, डोटीमा ४५ जना, बझाङमा ९ जना र बैतडीमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी २७१ जना महिला र ५८४ जना पुरुष गरी ८५५ जनामा कोरोना पुष्टि भएको छ ।