काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ३ सय २७ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ६ लाख २१ हजार ९०१ वटा पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा १० हजार ४ सय ५३ जना रहेका छन् भने १४ हजार २ सय ५० जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ५ हजार ६ सय ६९ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार ५ सय ८१ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म १९ हजार १ सय १९ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १६४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।