काठमाडौँ – समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा १४८ दशमलव ५६ गुणा बढी आवेदन परेको छ । साउन ४ गतेदेखि कम्पनीले विक्री खुला गरेकोमा ५ दिनको अवधिमा सोमवारसम्म सो बराबर आवेदन परेको हो ।


ADVERTISEMENT


सोमवार अन्तिम दिनसम्म ५ लाख ६४ हजार १३८ जना आवेदकहरुबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरीदका लागि आवेदन परेको कम्पनीले बताएको छ । कम्पनीले ८६ हजार कित्ता शेयर विक्रीका लािग खुला गरेको थियो । जसमा १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको थियो ।


ADVERTISEMENT

# # #