काठमाडौँ – सरकारले आजदेखि कोभिड–१९ का कारण विदेशमा अलपत्र नेपालीको उद्धार पुनः शुरु गर्ने भएको छ । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको उडान तालिकाको परिमार्जित तालिकाअनुसार उद्धार उडान शुरु गर्न लागिएको हो ।


ADVERTISEMENT


 

सरकारले भदौ १ गतेदेखि उद्धारका लागि उडान गर्ने निर्णय गरेपनि देशभित्र व्यवस्थित क्वारेन्टिनको व्यवस्था नहुँदा उद्धारका लागि उडिसकेको चार्टर्ड विमानलाई रित्तो फर्किन निर्देशनसहित उद्धार रोकिएको थियो । उडान स्थगित भएपछि १ गते दुबईबाट नेपाल एयरलाइन्सको जहाज रित्तै फर्किएकोमा आइतवार उनीहरुको उद्धार गरिएको छ ।


ADVERTISEMENT

# # #


 

आजदेखि पुनः उद्धार उडान शुरु गर्न लागिएकोमा उद्धार सेप्टेम्बर १ सम्म रहनेछ । यस अवधिमा साउदी, कतार, युएई, मलेसिया, कोरिया, अस्ट्रेलिया र टर्कीबाट उद्धार गर्नका लागि दुई नेपाली र ८ विदेशी एयरलाइन्स कम्पनीले अनुमति पाएका छन् ।

 

यो अवधिमा नेपाल एयरलाइन्सको वाइडबडी अगस्ट २७ मा रियाद, २८ मा क्वालालम्पुर र ३१ मा दुबईका लागि उद्धार उडान भर्नेछ । यस्तै एयरलाइन्सको न्यारोबडी जहाज अगस्ट ३० मा क्वालालम्पुर र सेप्टेम्बर १ मा दोहा तथा कुबेतका लागि उडान गर्ने तालिका बनेको छ ।
यस्तै हिमालय एयलान्सले अगस्ट २७ मा साउदी, २८ र ३० मा क्वालालम्पुर, ३१ मा अबुधाबी र सेप्टेम्बर १ मा कतारका लागि उडान अनुमति पाएको छ ।

 

मन्त्रालयकाअनुसार अगस्ट २५ मा एयर अरेबियायालेसारजहाबाट, अगस्ट २६ मा इत्तिहाद एयरबेजले युनाइटेड अरबबाट र फ्लाइ दुबईले दुबईमा अलपत्र नेपालीको उद्धार गर्नेछ ।

 

कतार एयरबेजले अगस्ट २९मा दोहा, टर्किस एयरले अगस्ट २८ मा इस्तानबुल, सिल्कक एयरले अगस्ट ३०मा अस्ट्रेलिया र कोरियन एयरले अगस्ट ३० मा कोरियाबाट उद्धार उडान गर्नेछन् । यस्तै अगस्ट ३० मा क्वालालम्पुरबाट मालिन्दो एयरले उद्धार उडान गर्ने उडान तालिका बनेको छ ।

 

गत साताको मन्त्रिपरिषद् वैठकले उडानका लागि सबै यात्रुको पीसीआर परिक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।