भारतको महाराष्ट्रस्थित रायगढमा ५ तलाको घर ढल्दा १७ जना घाइते भएका छन्, सयौँ खण्डहरमा फसेको आशंका गरिएको छ ।


ADVERTISEMENT


सोमवार साँझ ५ बजे उक्त भवन ढलेकोमा अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । समाचार एजेन्सीकाअनुसार उक्त भवनमा करीब १५० जना बस्दथे । जम्मा ४५ फ्ल्याट रहेको उक्त भवनबाट स्थानिय प्रहरीले २५ को उद्धार गरेको बताएको छ । उक्त भवन १० वर्ष अघि बनेको थियो ।


ADVERTISEMENT

# # #


घटनापछि भारतका गृहमन्त्री अमित शाहले घटनाप्रति दुख व्यक्त गर्दै फसेकाको उद्धार र सहायता गर्न निर्देशन दिएका छन् ।

तस्वीरः लोकजागृति