धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बसेका छन्।


ADVERTISEMENT


मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् । ‘‘सेल्फ क्वारेन्टिनमा बस्नु परेपछि उहाँले भेटघाट बन्द गर्नु भएको छ”, मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भने, “हामी सबै सेल्फ क्वारेन्टिनमा छौं ।”


ADVERTISEMENT

# # #


केही दिन अघि मुख्यमन्त्री भट्ट परिवारका सदस्यसहित गृह जिल्ला डोटी पुगेका थिए । त्यहाँ उनले कोरोना परीक्षण गर्ने पिसिआर मेसिनको उद्घाटन गरेका थिए । डोटी भ्रमणकै क्रममा उनका चालकमा सङ्क्रमण भएको आशङ्का गरिएको छ ।

चालकमा कोरोना सङ्क्रमण देखिएपछि चालकको सम्पर्कमा आएका मुख्यमन्त्रीसहित सबैको नमूना लिने तयारी गरिएको छ ।