काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १६० जना, भक्तपुरका ५० जना र ललितपुरका ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा नेपालमा ६३४ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा १३६ जना निको भएका छन् भने हालसम्म १८ हजार ३५० जना उपचारपछि निको भएका छन् ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– थप ६३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ हजार नाघ्यो
– गत २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु, १३६ निको भए

कुल संक्रमित मध्ये १४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

आज कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ :
इलाममा १ जना, भोजपुरमा ३ जना, संखुवासभामा १ जना, झापामा १७ जना, मोरङमा ५२ जना र सुनसरीमा ३१ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ :
बारामा १० जना, धनुषामा ३ जना, महोत्तरीमा १ जना, पर्सामा ५९ जना, रौतहटमा २ जना, सप्तरीमा ३ जना, सर्लाहीमा १ जना र सिरहामा ३५ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश :
काठमाडौंमा १६० जना, ललितपुरमा ६ जना, भक्तपुरमा ५० जना, चितवनमा २७ जना, काभ्रेमा ३ जना, दोलखामा ४ जना, धादिङमा २ जना, नुवाकोटमा २ जना, मकवानपुरमा ३२ जना र सिन्धलीमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश :
कास्कीमा १६ जना, तनहुँमा २ जना, बागलुङमा १ जना, नवलपरासी (पूर्व)मा ३ जना र स्याङ्गजामा १ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५ :
बाँकेमा २८ जना, दाङमा ४ जना, कपिलवस्तुमा १५ जना, नवलपरासी (पश्चिम)मा ३ जना, पाल्पामा १ जना, रोल्पामा १ जना, प्यूठानमा १ जना, बदिर्यामा ७ जना र रुपन्देहीमा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश :
जुम्लामा २ जना, सल्यानमा ६ जना, र सुर्खेतमा २ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश :
कैलालीमा १४जना, डडेल्धुरामा १ जना र डोटीमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी १८२ जना महिला र ४५२ जना पुरुष गरी ६३४ जनामा कोरोना पुष्टि भएको छ ।