काठमाडौँ- दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७\७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि भएको, उपकरण उपलब्ध हुन छाडेको र यसले प्रयोगकर्ता आकर्षित गर्न नसकेको ठहर गर्दै टेलिकमले यो सेवा बन्द गर्ने निर्णय गरेको हो । गत आवमै टेलिकमले सीडीएमएमा थप लगानी नगर्ने निर्णय सार्वजनिक गरिसकेको थियो ।


ADVERTISEMENT


चालू आवको वार्षिक कार्यक्रममै कम्पनीले सीडीएमएका विद्यमान प्रयोगकर्तालाई जीएसएमका टुजी, थ्रीजी र फोरजी प्रयोगकर्ताका रूपमा ‘माइगे्रट’ गर्ने योजना बनाइसकेको छ । यद्यपि यसरी प्रयोगकर्ता माइगे्रट गर्दा कुन विधिबाट गर्न सकिन्छ भन्ने विषयमा अहिले अध्ययन भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #